Rule 29
समितिको गठन
(१) ऐनको दफा २३ बमोजिम प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य,सुरक्षा, शिक्षा, व्यावसायिक तालिमको व्यवस्था गर्न, बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न,बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउन र बालश्रम निवारण गर्ने सम्बन्धमा श्री नेपाल
सरकारलाई राय सुझाव दिन देहाय बमोजिमको एक बालश्रम निवारण समिति रहनेछः–
(क) सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, – अध्यक्ष
(ख) सहसचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय
(श्रम सम्बन्ध तथा बालश्रम निवारण शाखा हेर्ने), – सदस्य
(ग) महानिर्देशक, श्रम तथा रोजगार प्रवद्र्धन विभाग, – सदस्यध
(घ) प्रतिनिधि, महिला, बालबलिका तथा समाज कल्याण मन्त्रालय– सदस्य
(ङ) प्रतिनिधि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, – सदस्य
(च) नेपाल उद्योग वाणिज्य महासंघका दुईजना प्रतिनिधि, – सदस्य
(छ) टेड युनियन महासंघका चारजना प्रतिनिधि, – सदस्य
(ज) बालबालिका तथा बाल श्रमको क्षेत्रमा कार्यरत गैर
सरकारी संस्थाहको महासंघको तोकेको एक जना
प्रतिनिधि अधिकृत, – सदस्य
(झ) नेपाल सरकारले तोकेको अधिकृत – सदस्य–सचिव
(२) समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयका विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।